११ असार २०८२, बुधबार | Wed Jun 25 2025


गर्भपतन गराउने महिलाको ‘डरलाग्दो’ तथ्याङ्क


0
Shares

पाँचथर, असार २ । पाँचथरमा गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७१/०७२ मा १ हजार ३ सय ९४ जना महिलाले गर्भपतन गराएकोमा २०७२÷०७३ को साउनदेखि वैशाखसम्म जिल्ला अस्पतालमा ८ सय ८३ जनाले गर्भपतन गराइसकेका छन् ।

पछिल्लो समय गर्भपतन गराउने क्रम बढेपछि त्यसको न्यूनीकरणका लागि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति पाँचथरले जिल्लामा रहेका औषधी पसललाई औषधी ब्यवस्था विभागमा सूचीकृत गराएर मात्रै गर्भवतीसम्वन्धी औषधी बिक्री वितरण गर्न पाइने, गैरकानुनी रुपमा गर्भपन गराउने सूचना, विज्ञापन सञ्चारमाध्यममा प्रकाशन, प्रशारण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

गर्भनिरोधक औषधिको प्रयोग नगरेका कारण पनि गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि भएको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका परिवार नियोजन अधिकृत मचिन्द्र वस्नेतले जानकारी दिए ।
 जिल्लामा ३२ प्रतिशत महिलाले मात्रै गर्भनिरोधक औषधी प्रयोग गर्दै आएको जिल्ला अस्पतालले जनाएको छ ।