११ असार २०८२, बुधबार | Wed Jun 25 2025


पर्यटक बस पल्टिँदा १७ जना घाइते


0
Shares

चितवन, असार २ । काठमाडौंबाट पोखरातर्फ भ्रमणमा जान आउँदै गरेको एक पर्यटक बस विहीबार दिउँसो दारेचोक गाउँ विकास समिति वडा नम्बर–३ नाग्दी खोलास्थित पृथ्वीराजमार्गबाट तल खस्दा बसमा सवार १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीकाअनुसार बा१प ८०५ नम्बरको पर्यटक बस काठमाडौंको एक कलेजका विद्यार्थी लिएर पोखरा जान आउँदै गर्दा दुर्घटनामा परेको हो । घाइतेहरुलाई उपचारका लागि भरतपुरका अस्पतालहरुमा ल्याइएको छ ।

बस भित्तापट्टी खसेकाले ५० मिटर तलमात्र पुगी ठूलो क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ । अर्कोपट्टी त्रिशूली नदी रहेको छ ।

बस दिउँसो २ बजेको समयमा दुर्घटना भएको हो । गम्भीर घाइतेमध्ये एक बस चालक हुन् ।

कलेजको नाम भने खुलिसकेको छैन । बसमा १७ जनामात्रै सवार थिए । रासस