११ असार २०८२, बुधबार | Wed Jun 25 2025


न्यायपरिषदविरुद्ध न्यायाधीशद्वारा सर्वोच्चमा रिट


0
Shares

काठमाडौं, असार ३ । न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

न्याय क्षेत्रमा पुर्‍याएको योगदानको कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दिएका हुन् ।

सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्रअन्तर्गतको ‘मनुस्मृति’ मा गत वर्ष विद्यावारिधि गर्ने व्यक्ति हुन् । उनले न्यायपरिषदबाट अन्य न्यायाधीशको तुलनामा आफूलाई कनिष्ठ स्थानमा राख्ने गरिएको गुनासो राखेका छन् ।

सिद्दिकीले २०३६ पुसदेखि कानुन व्यवसाय गर्दै आएका थिए । उनले परिषदबाट यस अवधिको गणना नगरी क्रमसंख्यामा अन्य न्यायाधीशभन्दा पुछारमा नाम राख्ने काम भएकाले यस्तो कार्य रोक्न सर्वोच्चसँग काम गरेका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट