काठमाडौं, असार ३ । काठमाडौंको गोंगबुस्थित सडकमा शुक्रबार बिहानै एक शव भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार अन्दाजी ४५ वर्षीय देखिने कास्की स्थायी घर भएका सुकुमान गुरुङको शव शङ्कास्पद रुपमा भेटिएको हो ।
गुरुङको मृत्यु के कारणले भएको भन्ने यकिन नभएको जनाउँदै प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले शव परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको जानकारी दिएका छन् । (रासस)





प्रतिक्रिया दिनुहोस्