२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


कांग्रेस नेता पौडेल भन्छन्– ‘सरकार पूर्ण रुपमा असफल’


0
Shares

काठमाडौं, असार ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्ण रुपमा असफल भएको दावी गरेका छन् ।

शुक्रबार राजधानीमा प्रेस युनियनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाए । उनले सत्ताका लागि नभएर संविधान कार्यान्वयन र राष्ट्रिय हितका लागि राष्ट्रिय सहमति बन्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्व विना लोकतन्त्र संस्थागत नहुने भएकाले दलहरुबीच सहमति आवश्यक भएको बताए ।

भेलामा समग्र पत्रकारिता क्षेत्रको अवस्थाबारे छलफल हुने जनाइएको छ ।