२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


वर्तमान सरकारको विकल्प खोज्नुपर्ने कारण छैन : सञ्चारमन्त्री


0
Shares

भक्तपुर, असार ३ । सञ्चार मन्त्री शेरधन राईले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

शुक्रबार भक्तपुरमा रफत सञ्चार क्लवले गरेको साक्षात्कारमा उनले बलियो जगमा बनेको वर्तमान सरकारले सबै समस्या हल गर्दै तीनैवटा निर्वाचन गराएरै छाड्ने दावी गरे ।

उनले भने, ‘वर्तमान सरकारको विकल्पबारे छलफल गर्न कसैको रुची छैन ।’ सरकारको विकल्पमा ज–जसको नाम अहिले चर्चामा आइरहेका छन्, उनीहरु विगतमा ‘टेस्टेड’ भइसकेको उनको जिकिर थियो ।

उनले मुलुकमा आर्थिक विकासको ढोका खोल्न पनि अहिलेको सरकारको निरन्तरता आवश्यक भएकोमा जोड दिए ।