
काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालभित्रमा संक्रमणकाल टुंग्याएर देशलाई विकासको बाटोमा अगाडि बढाउने बताएका छन् ।
पेशागत महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको शुक्रबार राजधानीमा उदघाट्न गर्दै उनले ‘जिम्मेवार श्रमशक्ति देशलाई खाँचो छ’–भने ।
प्रधानमन्त्री ओलीले ‘आफ्नो सरकार अँध्यारोमा छामछुम गर्नेखालको होइन’ भन्दै आफू विचार र गन्तव्यमा स्पस्ट रहेको तर बुद्धिजीवीहरुले कुरा बुझ्न नसकेको बताए ।
उनले जातीय पहिचान र क्षेत्रीयता जस्ता साम्प्रदायिक गतिविधिलाई स्वीकार गर्न नसकिने पनि स्पस्ट पारे ।
प्रतिक्रिया दिनुहोस्