२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


नयाँ शक्तिमा सांसदको शैक्षिक योग्यता ‘हल्लामात्र’


0
Shares

काठमाडौं, असार ४ । नयाँ शक्ति नेपालले आफ्नो दलमा सांसदको उम्मेदवार हुन स्नातक तह वा सो सरहको औपचारिक शिक्षा हुनुपर्ने व्यवस्था गरिएको भन्ने कुरा हल्लामात्र भएको जनाएको छ ।

पार्टीले राष्ट्रिय भेलाको छलफलसत्रमा सांसदको उम्मेदवार हुन शैक्षिक योग्यताबारे प्रस्तुत् दस्तावेजको मस्यौदामा कुनै प्रसंग नभएको प्रवक्ता खिमलाल देवकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस