
काठमाडौं, वैशाख २० । बंगालको खाडीमा बनेको चक्रवाती आँधी ‘फानी’ ओडिशाको पुरी तटसँग ठोक्किएको छ । त्यहाँ हावाको गति १७५ किलोमिटर प्रतिघन्टा रहेका बताइएको छ ।
‘फानी’ नामक सामुद्रिक आँधीबाट जोगाउन ओडिसाका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
आँधीको असर मध्याह्न १२ बजेसम्म रहनसक्ने मौसमविदहरुले जनाएका छन् । फानीले हावाहुरीका साथै बेजोड वर्षा गराएको छ । मानवीय क्षति हुन नदिन उद्धारकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको छ ।
नौसेना र तटीय सुरक्षाकर्मीहरु उच्च सतर्क रहेका छन् । आँधीको असरलाई मध्यनजर गर्दै हवाई उडान रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ ।
पुरी तटीय क्षेत्र हुँदै ‘फानी’ ओडिशा को खुर्दा, कटक, जगतसिंहपुर, केंद्रपाडा, जाजपुर, भद्रक, बालेश्वर हुँदै पश्चिम बंगालतर्फ लाग्ने बताइएको छ । त्यहाँ ठूलो मात्रामा वर्षा हुने पनि मौसमविदहरुले जानकारी दिएका छन् ।
नेपालमा यस्तो हुनेछ असर
‘फानी’ आँधीको असर नेपलामा पनि देखिएको छ । नेपालमा आँधी नै त नआउने तर हावाहुरी र वर्षा हुने मौसमविदहरुले जनाएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार फानी चक्रवात नेपालमा आउने सम्भावना नभएपनि यसको असर भने देखिने भएको हो ।
फानीको प्रभावका कारण शुक्रबार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुनसक्ने महाशाखाले बताएको छ ।
शुक्रबार पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरी वर्षा हुने अनुमान गरिएको जानकारीमा उल्लेख छ ।
महाशाखाले हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना देखाएको छ ।
फानी र पश्चिमी वायुको प्रभाव शनिबारपछि कमजोर हुने र आइतबारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ ।
(एजेन्सी)
#WATCH Odisha: Strong winds and rainfall hit Puri. #CycloneFani is expected to make a landfall in Puri district today. Visuals from near Puri Beach. pic.twitter.com/Wc9i851CNY
— ANI (@ANI) May 3, 2019
प्रतिक्रिया दिनुहोस्