
काठमाडौं, असार ४ । वाथरोगसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं र ललितपुरमा फोटो प्रदर्शन गरिएको छ ।
नेसनल वाथरोग सेन्टरले काठमाडौंको सुन्धारा र ललितपुरको मंगलबजारमा गरेको प्रदर्शनीमा वाथसम्बन्धी दर्जनौं तस्बिर राखिएका छन् । प्रदर्शनीबाट सर्वसाधारलाई वाथरोगसम्वन्धी विभिन्न जानकारी प्राप्त हुने आयोजकको विश्वास छ ।
अमेरिकन सोसाइटी अफ न्युमेटोलोजीले विश्वको कुल जनसंख्याको करिव १० प्रतिशतमा वाथ रोग रहेको जनाएको छ ।
यस तथ्याङ्कलाई आधार मान्दा नेपालको जनगणनाअनुसार ३६ लाख नेपालीमा विभिन्न्न किसिमको वाथरोग भएको अनुमान गरिएको छ । यीमध्ये १० प्रतिशत वाथरोगका विरामी मात्र उपचारको पहुँचमा छन् ।
प्रतिक्रिया दिनुहोस्