पर्वत, असार ५ । पर्वतको कुश्माबजारमा विभिन्न हिंसामा परेका पीडित महिला तथा बालबालिकालाई न्याय दिलाउने क्रममा राखिने सुरक्षित घर निर्माण सुरु भएको छ ।
समाज र परिवारबाट पीडित र अपहेलित भई न्यायका लागि जिल्लास्थित न्यायिक निकायमा आउने महिला तथा बालबिालकाका लागि मुद्दा टुंगो नलागेसम्म खान बस्नको व्यवस्था गर्न सुरक्षित आश्रयस्थल बनाउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक गंगा पन्तको विशेष पहल र लैंगिक हिंसा निवारण जिल्ला समन्वय समितिको संयोजनमा आश्रयस्थल निर्माण गर्न लागिएको हो ।
भवन निर्माणका लागि स्थानीय सरोकारवाला निकाय, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा भवन निर्माण कार्य सुरु भएको छ ।
१४ कोठा र हलसहितको तीन तले भवनको लागत झन्डै दुई करोड रुपैयाँको रहेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्