
काठमाडौं, वैशाख १९ । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारको पैरवीकर्ता’ भन्ने नारासहित ‘तेस्रो मिडवाइफ्री सम्मेलन’ यही वैशाख २१ र २२ गते काठमाडौंमा हुने भएको छ ।
मिडवाइफ्री सोसाइटी अफ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी यौन, प्रजनन् स्वास्थ्य, मातृशिशु तथा किशोरीहरुको स्वास्थ्य क्षेत्रलगायतका विषयमा छलफल गर्न सम्मेलन गर्न लागिएको जनाएको हो ।
सम्मेलनमा नर्स, मिडवाइफ, चिकित्सक र स्वास्थ्यकर्मीलगायतको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्