
नयाँ दिल्ली, असार १२ । भारतको राजधानी नयाँ दिल्लीमा दिल्लीका उपमुख्यमन्त्रीसहित ५२ विधायकलाई तीन घण्टा प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ ।
आइतबार बिहानै प्रधानमन्त्री निवासतर्फ जान लागेको अवस्थामा दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियासहित ५२ विधायकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । गिरफ्तार गरिएका सबै विधायक आम आदमी पार्टीका हुन् ।
उनीहरुलाई अनुमति विना प्रधानमन्त्री निवासतर्फ जान लागेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
दिल्ली सरकार र केन्द्र सरकारबीच चल्दै आएको द्वन्द्वकै परिणाम ती विधायकहरुलाई गिरफ्तार गरिएको हो । दिल्ली सरकार आम आदमी पार्टीले चलाउँदै आएको छ भने केन्द्रमा भारतीय जनता पार्टीको नेतृत्व छ ।
दिल्ली सरकार र केन्द्र सरकारबीच अधिकारका बारेमा विवाद चल्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्