१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


देशभर असार १५ को रौनक, यसरी घन्किन्छ असारे भाका(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं,(जिल्ला व्यूरो) असार १५ । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाइने दिन । देशभरका किसानले असार १५ लाई चाडकै रुपमा मनाउने गर्दछन् ।

आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाइने गरिन्छ । यो वर्ष समयमै पानी परेकाले देशैभर रोपाईं भइरहेको छ ।

मानो रोपेर मुरी उब्जाइने दिनका रुपमा असार १५ लार्ई लिने गरिन्छ । यो दिन मुलुकभरका किसान दही चिउरा खाइ खेतमा रोपाईं गर्न व्यस्त हुन्छन् ।

रोपाइँ सँगसँगै दही–चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुने पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्छन् । यो वर्ष समयमै पानी परेकाले किसानहरु रोपाईंमा व्यस्त देखिएका छन् ।

यो बर्ष पानीले साथ दिएपनि खेतालाको समस्या भने किसानमा देखिएको छ । रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत पनि गाउने गरिन्छ ।

असारमा किसानहरू रोपाइँको चटारोमा व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धान रोप्ने व्यस्त समयमा घरमा मानिस मरे पनि घुम ओढेर काममा जानुपर्छ भन्ने कथन छ । अघिल्ला बर्षको तुलनामा यो बर्ष पर्याप्त बर्षा हुँदा तराई भेगका किसान पनि खुसी देखिन्छन् ।