१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


छिमेकी मुलुकहरुसँगको नेपालको सम्बन्ध घनिष्ठ छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँगको नेपालको सम्बन्ध घनिष्ठ रहेको बताएका छन् ।

पूर्वसांसद मञ्च नेपालको १५ औं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको छिमेकी मुुलुकसँगको सम्बन्ध सुमधुर रहेको बताएका हुन् ।

उनले सरकारले राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै नक्कली राष्ट्रवादप्रति सरकारको विश्वास नहुने स्पष्ट पारे । लोकतन्त्रलाई सुदृढ पार्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन र पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेकाले सबैलाई साथ दिन अपील गरे ।

सरकार भाषणमा भन्दा काममा विश्वास गर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले संयुक्त सरकार भएकाले जनचाहनाअनुसार काम गर्न भने नसकेको स्वीकार गरे ।

प्रधानमन्त्री ओलीले संविधानले जनताका अधिकारको ग्यारेण्टी गरेको भन्दै चित्त नबुझेका कुरा वार्ताको माध्यमबाट हल गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रमका अन्य वक्ताहरुले भने मुलुकलाई अगाडि बढाउन सबै राजनीतिक दलको एकताबाट मात्र सम्भव हुने भएकाले एक भएर मुलुकलाई निकास दिन आग्रह गरेका थिए ।