
दाङ, असार १५ । करेन्ट लागेर बुधबार दाङमा एकजना युवकको मृत्यु भएको छ भने एकजना बालक घाइते भएका छन् ।
धनौरी गाविस–५ कोर्वाङ निवासी २० वर्षीय रेशम पुनको करेन्ट लागेर मृत्यु भएको छ भने सोही ठाँउ निवासी १२ वर्षीय सुवास खड्का घाइते भएका छन् ।
घाइतेको दायाँहातमा गहिरो घाउ लागेको छ । घाइते खड्काको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
चुडिएको तार मर्मतका लागि पोलमा चढेका पुनलाई करेन्ट लाग्दा पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्