
बैतडी, असार १५ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आधाघन्टाको अन्तरालमा बुधबार तीनओटा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र, सुुर्खेतकाअनुसार पहिलो धक्का दिउँसो २ बजेर ५५ मिनेटमा ५ म्याग्निच्यूडको, ३ बजेर ११ मिनेटमा ४.२ म्याग्निच्यूडको र ३ बजेर २८ मिनेटमा ३.८ म्याग्निच्यूडको भूकम्प मापन गरिएको छ ।
तीनओटै भूकम्पको केन्द्रबिन्दू बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व मयाना भन्ने स्थानमा रहेको सुुर्खेत केन्द्रले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै ठाउँबाट जानकारी नआएको र ठाउँ–ठाउँमा सम्पर्क गरी क्षतिको लगत लिने काम भइरहेको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्