१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


ग्रेडिङले विद्यार्थीले आफूले चाहेको विषय पढ्न पाएनन्, यस्तो छ प्रावधान (भिडियोसहित)


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, असार १५ । एसएलसी परीक्षामा अंग्रेजी, गणित र विज्ञानमा ‘सी’ वा ‘सी प्लस’ ग्रेड नल्याउने विद्यार्थीले उच्चशिक्षामासमेत ती विषय चाहेर पनि पढ्न नपाउने भएका छन् ।

अंग्रेजी, गणित र विज्ञानमा सी वा सी प्लस ल्याउने विद्यार्थीलेमात्र अब उच्चशिक्षामा व्यवस्थापन र मानविकी संकायमासमेत ती विषय पढ्न पाउने भएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषदले विज्ञान विषय पढ्न विज्ञान र गणितमा सी प्लस र अंग्रेजीमा सी ल्याउनैपर्ने प्रावधान तय गरेको छ ।

यस्तै, व्यवस्थापन र मानविकी संकायमा पनि विद्यार्थीले पढ्न चाहेको विषयमा सी वा सी प्लस ल्याएकै हुनुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाअनुसार अंग्रेजी, गणित विषय पढ्न चाहने विद्यार्थीले ती विषयमा सी ग्रेड ल्याएकै हुनुपर्नेछ ।

यसपटकको एसएलसीमा १ लाख ६५ हजार ५ सय १६ जना विद्यार्थीले विज्ञानमा डी प्लस र ७३ हजार १ सय २५ विद्यार्थीले गणितमा डी प्लस ल्याएका छन् ।

अब ती विद्यार्थीले उच्चशिक्षामा विज्ञान र गणित पढ्न पाउने छैनन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।