१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


बाग्मतीको बाढीले पशुपतिको विद्युतीय शवदाह यन्त्र बन्द


0
Shares

काठमाडौं, असार १५ । बाग्मतीमा आएको बाढी पशुपतिस्थित विद्युतीय शवदाहगृहमा पस्दा यन्त्रले काम गर्न छोडेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सोमबारको अविरल वर्षाले बाग्मतीमा बाढी आइ पशुपति तिलगंगास्थित नदी किनारमा रहेको शवदाहगृहमा पानी पस्दा यन्त्र बिग्रिएको कोषले जनाएको छ ।

कोषले वि.सं. २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाहगृहमा शव जलाउन सुरु गरेको थियो ।

बाढीका कारण पहिलोपटक यन्त्र बिग्रिएको कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले राससलाई जानकारी दिए ।

‘शवदाह यन्त्र बनाउने काम भइरहेकाले केही दिनमै सन्चालनमा आउँछ’– उनले भने ।

उनकाअनुसार अहिलेसम्म विद्युतीय शवदाहगृहमा एक हजार ८०० शव जलाइसकिएको छ । रासस

फाइल फोटो