Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


ठाउँठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध


0
Shares

चितवन, असार १७ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको कबिलास–४ घुमाउने र चङ्डी भञ्ज्याङ ९ मा ठुलो पहिरो गएको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै सडक खण्डको चार किलो र पाँच किलो भन्ने ठाँउमा पनि पहिरो खसेको छ । पहिरो पन्छाउने काम तीव्र पारिए पनि अझै पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले समस्या परेको चितवन प्रहरीले जनाएको छ ।

विहानैदेखि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र यात्रु अलपत्र परेका छन् ।