
गौर, असार १७ । रौतहटमा चट्याङ लागेर दुईजना बालकको मृत्यु भएको छ ।
हिजो बेलुका परेको चट्याङ लागेर रौतहटको इनरवा–४ का १३ बर्षीय सरोज महतो र १५ बर्षीय रामसागर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर ५५ वर्षीया कान्तिदेवी घाइते भएकी छन् । घरनजिकै खेतमा रहेको बेला चट्याङ लागेर घाईते भएका बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्