Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीबाट स्वागत


0
Shares

सुरेन्द्रबहादुर नेपाली (रासस)

बेइजिङ, वैशाख १६ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनका चिनियाँ समकक्षी सी चिनफिङले सोमबार ‘ग्रेट हल अफ द पिपल’ परिसरमा स्वागत गरेका छन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो ।

त्यस्तै, दुवै मुलुकका राष्ट्रिय धुन बजाइएको थियो ।

राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो ।

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मानगारद प्रस्तुत् गरेको थियो ।  उनले सेनाको एक समूहको अवलोकन पनि गरिन् ।

सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, संघीय संसदका सदस्य र नेपाल सरकारका उच्च अधिकारीको सहभागिता थियो ।