Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नागरिकता विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन, सरकार राष्ट्रघातमा उत्रिएको आरोप


0
Shares

काठमाडौं, वैशाख १६ । नागरिकता संशोधनसम्बन्धी विधेयक फिर्ता गर्न माग गर्दै साना वाम पार्टीहरुले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा मालेलगायत सम्मिलित नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समितिले नयाँबानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

त्यसक्रममा उनीहरुले गएको चैत १९ गते गृह मन्त्रालयले जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको नागरिकता दिनका लागि जारी गरेको परिपत्र जलाइएको थियो ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीयहरुलाई नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश र प्रधानसेनापति बनाउन नागरिकता विधेयक ल्याइएको भन्दै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार झन् ठूलो राष्ट्रघातमा उत्रिएको आरोप लगाए ।