Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकारको गलत कामको भन्डाफोर गर्दै घरदैलो पुग्ने कांग्रेसको निर्णय


0
Shares

काठमाडौं, वैशाख १६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ ।

काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याउने निर्णय गरेको हो ।

सरकारको कार्यशैली र गलत कामको भन्डाफोर गर्दै जनताको घरदैलो पुग्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले सातओटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने बताए ।

बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शाशांक कोइरालालगायतका नेताको उपस्थिति थियो ।