१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


गर्भदेखि ५ बर्षको उमेर पहिले नै पोषणयुक्त खाना खुवाउन सुझाव


0
Shares

काठमाडौं । बालबालिकामा पोषणको कमीले हुने पुड्कोपनको उपचार सम्भव नभएकाले ५ वर्षको उमेरभन्दा पहिले नै पोषणयुक्त खाना खुवाउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

आज काठमाडौंमा आयोजित छलफलमा सहभागी विज्ञहरुले बालबालिकालाई पुड्कोपनबाट जोगाउन गर्भावस्थामा रहेदेखि पाँच वर्षसम्म सन्तुलित र पोषणयुक्त खाना खुवाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क २०१६ अनुसार ५ वर्षमुनिका ३५ दशमलब ८ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको थियो ।

यो संख्या सन् २०११ को भन्दा कम हो । सरकारले कुपोषणका कारण हुने पुड्कोपनलाई हटाउन सुनौलो हजार दिनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।