
धनकुटा, असार २५ । कोसी राजमार्गअन्तर्गत् धरान–भेडेटार सडकखन्डमा भारतीय नम्बरको जिप दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।
बीआर४३पी ४२२२ नम्बरको स्कार्पियो गाडी दुर्घटना हुँदा भारत, बिहार, मध्यपुराका ३२ वर्षीय सुरज सिंहको मृत्यु भएको हो । दुर्घटनामा अरु पाँचजना घाइते भएका छन् ।
धनकुटाको भेडेटारबाट धरानतर्फ गइरहेको स्कार्पियो गाडी धरान उपमहानगरपालिका–२० देवीथानमा दुर्घटना भएको हो ।
घाइते पाँचैजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्