१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


कतारमा एक नेपालीको मृत्यु, शव ल्याइदिन परिवारको आग्रह


0
Shares

राजविराज, असार २७ । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले आज बताएका छन् ।

चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिल्डिङ वर्करका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए ।

मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन् । (रासस)