१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


जेष्ठ नागरिक देशका अभिभावक हुन, सम्मान र इज्जत दिन्छौं: प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकहरुको सम्मान र सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

दक्षिण एशियाका जेष्ठ नागरिकको भेलाको काठमाडौंमा उद्घाटन गर्दै उनले जेष्ठ नागरिक देशका अभिभावक भएकाले सरकारले सम्मान र इज्जत दिने बताए ।

दक्षिण एशियाका सबै मुलकले आफ्ना जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने भन्दै उनले एशियाली मुलुकका जेष्ठ नागरिकको एकतामा पनि जोड दिए ।

जेष्ठ नागरिकको सेवा सुविधा बढाउन सरकारले थप गृह कार्य गरी रहेको भन्दै जेष्ठ नागरिकको ज्ञान, सीप र विवेक मुलुक निर्माणको लागि हुनुपर्ने बताए ।

उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले जेष्ठ नागरिक राष्ट्रका अभिभावक भएकाले उनीहरुको हक अधिकारको ग्यारेण्टी संवैधानिक रुपमा गर्न सरकार तयार रहेको बताए ।

जेष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौरीशंकरलाल दासले सरकरले जेष्ठ नागरिकहरुको उचित सम्मान गर्न नसकेको गुनासो गरे ।

आफ्नो अधिकारका लागि सबै जेष्ठ नागरिकको एकता आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा बिभिन्न क्षेत्रमा क्रियाशिल जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।