
सिन्धुपाल्चोक, असार २७ । भोटेकोसी नदीमा आएको बाढीले थप ६ घर बगाएको छ ।
बाढी कटानले आइतबार राति र सोमबार बिहान गरी तातोपानी र लिपिङका थप ६ घर बगाएकोे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्ण मुनि दुवाडीले जानकारी दिए ।
उक्त दुई स्थानमा अझै ६ घर उच्चजोखिममा रहेका छन् । यसअघि, तातोपानी, लिपिङ र बाह्रबिसेमा गरी बाढीले ४१ घर बगाइसकेको छ ।
भोटेकोसी नदीमा पानीको सतह फेरि बढेको छ । जसले गर्दा नदीले आसपासका जमिनसमेत कटान जारी राखेको छ ।
नदीमा पानीको बहाव बढ्दा नदी आसपासका घरहरु र सडक कटान नरोकिँदा स्थलमार्गबाट उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्