२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


बेलायतमा थेरेसा मे भावी प्रधानमन्त्री बन्ने निश्चित


0
Shares

काठमाडौं, असार २८ । थेरेसा मे बेलायतको भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनका निकट प्रतिष्पर्धी रहेका आन्द्रेय लेड्समले आफनो दाबेदारी फिर्ता लिएपछि थेरेसालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

बेलायतको कन्जरभेटिभ पार्टीका यी दुई नेताबीच आगामी सेप्टेम्बर ९ मा प्रतिस्पर्धा हुने तय भएकोमा लेड्समले आफनो नाम फिर्ता लिएपछि थेरेसा मे प्रधानमन्त्रीका लागि एक्लो दाबेदार बनेका छन् ।

दुई साताअघि भएको जनमत संग्रहमा बेलायतले युरोपियन युनियनबाट अलग हुने फैसला लिएप्छि प्रधानमन्त्री डेबिड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

योसँगै बेलायतमा भावी प्रधानमन्त्री चयन गर्न लागिएको हो । थेरेसा मे प्रधानमन्त्री बनेसँगै बेलायतमा दोश्रो महिला प्रधानमन्त्री बन्नेछन् ।

यसअघि मार्गरेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । यसैबीच प्रधानमन्त्री डेबिड क्यामरुनले भोलि पदबाट राजीनामा दिने भएका छन् ।

आगामी अक्टोबरमा पदबाट राजीनामा दिने घोषणा गर्नुभएका क्यामरुनले थेरेसा मे प्रधानमन्त्रीका लागि निर्विरोध निर्वाचित हुने भएपछि यो निर्णय लिएका हुन् । (एजेन्सी)