२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


दक्षिण चिनियाँ समुद्रमाथि चीनकोविरुद्ध फैसला, चीनले निर्णय नमान्ने


0
Shares

काठमाडौं, असार २८ । नेदरल्यान्डस्को दि हेगस्थित अन्तर्राष्ट्रिय इजलासले दक्षिण चिनियाँ समुद्र (साउथ चाइन सी)माथि चीनको दाबीलाई अस्वीकार गरेको छ ।

इजलासले फिलिपिन्स दायर गरेको मुद्दाको पक्षलाई सही ठहर्‍याउँदै उक्त समुद्रको संशाधनमाथि चीनको एकाधिकार पुष्टि गर्ने कुनै ऐतिहासिक प्रमाण नभेटिएको निर्णय गरेको छ ।

चीनले यो निर्णलाई गलत आधारमा लिइएको भन्दै यसलाई नमान्ने र आफ्नो समुद्री हितको रक्षा गर्ने जनाएको छ । चीनले इजलासको कारबाहीमा भाग दिन पनि अस्वीकार गरेको थियो ।

चिनियाँ रक्षा मन्त्रालयले चीनको सशस्त्र सेनाले धम्की र खतरालाई सामना गर्न तयार रहेको जनाएको छ ।

चीनले दक्षिण चिनियाँ समुद्र आफ्नो भएको दाबी गर्दै त्यहाँ कृतिम टापु निर्माण गरिरहेको छ ।

दक्षिणी चिनियाँ समुद्रमाथि फिलिपिन्स, ताइवान, भियतनामलगायतका मुलुकले पनि आफ्नो दाबी गर्दै आएका छन् । (एजेन्सी)