रौतहट । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले बालुवाटारको प्रधानमन्त्री निवास र खुलामञ्चको किनबेच गरेको आरोप लगाएका छन् ।
रौतहटको राजपुर फरहदवामा काँग्रेसले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले दुनियाँमा हराइसकेका कम्युनिस्टहरुको नेपालमा बहुमतको सरकार बनेदेखि हत्या,हिंसा,अराजकता,भ्रस्टाचार र महंगी बढेको जिकिर गरे ।
विकास र सुशासन कायम गर्न नसकेको सरकार देश बनाउन छाडेर आफनो पार्टी बनाउन मात्र तल्लीन रहेको उनको आरोप थियो ।
वरिष्ठ नेता पौडेलले काँग्रेसले शुरु गरेको योजनाको नेकपाको सरकारले उद्घाटनबाहेक केही नगरेको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्