काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले पार्टीको नाम परिवर्तन गरेको छ ।
काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको वैठकले पार्टीको नाम परिवर्तन गर्दै ‘साझा विवेकशील पार्टी’ राख्ने निर्णय गरेको हो ।
तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ ।
नामका बारेमा जनमानसमा भ्रम उत्पन्न हुने देखिएपछि पार्टीको नाम परिवर्तन गरेको सो पार्टीले शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
वैशाख ११, १२ र १३ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्दे साझा विवेकशीलले जेठको १ गतेदेखि कम्तिमा तीन महिना पार्टी निर्माणका लागी देशको यात्रामा निस्कने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचन गैरदलीय बन्नुपर्छ भन्ने धारणालाई प्रमुख एजेण्डा बनाउने सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रले दुई तिहाई बहुमतसहितको शक्तिशाली सरकारप्रति आम नागरिकमा चरम निराशा उत्पन्न भएको बताए
राज्यको हरेक निकायमा राजनीतिकरण, भ्रष्टाचार र वेथितिले मातृभूमीको स्वाभिमान र संवृद्धिको आशामाथि कुठाराघात गरिदिएको उनको भनाइ थियो ।
प्रवक्ता डा. सूर्यराज आचार्यले आउँदा दिनमा पार्टीका गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा केन्द्रित गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्