Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


बालुवाटारमा रहेको महासचिब पौडेलको जग्गा बैधानिक छ : मन्त्री अर्याल


0
Shares

काठमाडौं । भूमि सुधार तथा व्यवस्था मन्त्री पद्मा अर्यालले सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले खरिद गरेको बालुवाटारको जग्गा वैधानिक रहेको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले सो जग्गा मोहीको नाममा कायम रहेकाले जग्गा व्यक्तिगत भएको बबताएकी हुन् ।

मन्त्री अर्यालले सरकारी स्वामित्वमा रहेको जग्गा जमिनको पहिचान र संरक्षणका लागि अभियान नै सुरु गरेकाले सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भएपनि खारेज गरिने बताइन ।

कसैले सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण वा विक्रि वितरण गरेको भए पनि जफत गरिने उनको भनाई छ ।

अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको पनि स्पष्ट पारेकी छिन् ।

मन्त्री अर्यालले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौं ।

सबै कित्ताहरु रोक्का गरेका छौं । ७ दिनको समयसिमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौं ।’