Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


लिबिया पुगेका २० नेपाली स्वदेश फर्कन हारगुहार गर्दै


0
Shares

काठमाडौं, वैशाख १४ । लिबियाको राजधानी त्रिपोली दिन प्रतिदिन युद्ध मैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्देहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् ।

उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइस मिल परिसरबाट बाहिर निस्कन सकिरहेका छैनन् । उनले भने, ‘बाहिर घुमफिर गर्ने स्थिति छैन, हाम्रा लागि चाहिने सबै सामान लिबियन नागरिकले किनेर ल्याइदिन्छन् ।’ 

लिबिया मामिला हेर्ने इजिप्टस्थित नेपाली राजदूत झवीन्द्र अर्यालले द्वन्द्वग्रस्त लिबियाबाट नेपालीलाई उद्धार गर्न कठिनाइ भइरहेको बताए । ‘लिबियामा २० नेपालीलाई उद्धार गर्नुपर्ने छ, उनीहरु दूतावासको सम्पर्कमा आइसकेका छन्, १० जना एउटै कम्पनीमा कार्यरत छन्,’ उनले भने, ‘लिबियाको सरकार र अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरिरहेका छौं तर प्रतिक्रिया आइरहेको छैन ।’ –कान्तिपुर दैनिकबाट