Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


टर्कीमा लोकतन्त्रको समर्थनमा प्रदर्शन, ‘दुर्लभ दृश्य देखियो’


0
Shares

काठमाडौं, साउन १० । टर्कीमा लोकतन्त्रको समर्थनमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । टर्कीको विपक्षी पार्टी सिएचपीको आयोजनामा लोकतन्त्रको समर्थन तथा गत हप्ता भएको असफल सैनिक ‘कू’ को निन्दा गर्दै प्रदर्शन गरिएको हो

विपक्षी पार्टीको आयोजनामा इस्तानबुलमा गरिएको र्‍यालीमा राष्ट्रपति रिसेप तैयप एर्दोगानको पार्टीले पनि समर्थन गरेको थियो ।

र्‍यालीमा विपक्षी तथा सत्तापक्ष दुबै पार्टीका नेता कार्यकर्ता तथा हजारौं संख्यामा सर्वसाधारण नागरिक सहभागि रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । टर्कीमा सत्ता र विपक्षीबीचको एकता निकै दुर्लभ मानिन्छ ।

तर सोमबारको र्‍यालीमा त्यो दुर्लभ दृष्य सुन्दर देखिएको समाचारमा उल्लेख छ । रातो झण्डा बोकेका सहभागीले हामी गणराज्यको रक्षा गर्ने छौं नारा लेखिएका ब्यानर लिएर सडकमा ओर्लिएका थिए । (एजेन्सी)