
सञ्जय कार्की (इमेज)
रौतहट, साउन १० । रौतहटको गौरमा संघीय गठबन्धनका कार्यकर्ताले सोमबार नगरपालिकामा भैरहेको स्थानीय तह पुनःसंरचनासम्बन्धी गोष्ठी बिथोलेका छन् ।
सीमांकनको टुंगो नलागेसम्म स्थानीय तह पुनःसंरचना कार्यको कुनै औचित्य नरहने भन्दै उनीहरुले गोष्ठी बिथोलेका हुन् ।
उनीहरुले हिमाल, पहाड र तराईमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका एक–समान हुनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि बराल, प्रहरी उपरीक्षक गणेश रेग्मी, पूर्वस्वास्थ्य राज्यमन्त्री ब्रजकिशोर सिंह, पूर्वसांसद कृष्णाप्रसाद यादवलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्