३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘संस्कारयुक्त राजनीतिबाटमात्र परिवर्तन सम्भव’


0
Shares

काठमाडौं, वैशाख ११ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संस्कारयुक्त राजनीतिबाटमात्र परिवर्तन सम्भव हुने बताएका छन् ।

नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिन पाकिस्तानी दूतावासले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले परिवर्तन संस्थागत गर्न सबै राजनीतिक दल एक हुनुपर्ने आवश्यकता औंल्याए ।

शैक्षिक चेतनाबाटमात्र विकास सम्भव हुने भन्दै उनले गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिए ।

नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जावेदले शिक्षाबाट बन्चित बालबालिकाको शैक्षिक जागरणका लागि पाकिस्तान सरकारले सहयोग गरेको बताए ।

उनले आगामी वर्षदेखि छात्रवृत्तिको संख्यालाई दोब्बर बनाउने जानकारी दिए ।

पाकिस्तानले नेपालका विभिन्न दुर्गम क्षेत्रका ५५ विद्यालयका ३०० विद्यार्थीलाई विगत सात वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।