
काठमाडौं, वैशाख ५ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजार सकारात्मक रहेर थामियो ।
यसदिन पनि बजार दोहोरो अंकले सुधारियो । कारोबार पनि पौने अर्बको भयो ।
बजार परिसूचक नेप्से १५ अंकले उकालो लागेर १२ सय ३२ पुग्यो । बिमा, वित्त र जलविद्युत् समूहबाहेक अरु समूह सकारात्मक रहेसँगै नेप्से उकालो लागेको हो ।
वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च २५ अंकको वृद्धि आयो । होटल, लघुवित्त र उत्पादनमूलक समूह पनि दोहोरो अंकले बढे भने अन्य र विकास बैंक समूह नगन्य अंकले हरियो रहे ।
जीवनबिमा समूह सबैभन्दा उच्च २५ अंकले र निर्जीवन बिमा समूह १३ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका २४ लाख ६४ हजार कित्ता सेयर ७५ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्