Logo १७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026


एकै साहित्यकारको १५ ओटा पुस्तक सार्वजनिक


0
Shares

काठमाडौं, साउन २२ । साहित्यकार विनोद मन्जनले आफ्नी छोरी विज्ञता कार्कीको १५औं जन्मोत्सवको अवसर पारेर आफ्ना १५ ओटा कृति सार्वजनिक गरेका छन् ।

शब्दपथ विश्व साहित्य समाज नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत १५ जना विशिष्ट व्यक्तिहरुले साहित्यकार मन्जनका कृति सार्वजनिक गरेका हुन् ।

साहित्यकार मन्जनले समाजमा छोरीहरुको स्थान उच्च बनाउन तथा छोरीको महत्वलाई गरिमामय बनाउन आफ्नी छोरीको पास्नीदेखि नै हरेक वर्ष छोरीको जन्मदिनको अवसर पारेर पुस्तक लोकार्पण गर्ने गरिएको बताए ।

छोरीको १५औं वर्षको जन्मोत्सव पारेर लोकार्पण गरिएको १५ ओटा पुस्तकहरुमा अभिशाप (नाटकसंग्रह), सम्यक दृष्टि (सरल समालोचना संग्रह), दैनिकीका दृश्यहरु (दैनिकी संग्रह), जीवनको जुन (कविता, गीत, मुक्तक, हाइकु, गजलसंग्रह), प्रेमको पिङ (पत्रात्मक निबन्धसंग्रह) आदि रहेका छन् ।