Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


शाश्वत धाम पुग्ने दर्शनार्थीको संख्या २५ लाख


0
Shares

काठमाडौं, वैशाख ५ । शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ ।

बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए ।

चौधरी ग्रुपका अनुसार उनको परिवारजनसहित अन्य १० आगन्तुकलाई शाश्वत धाम व्यवस्थापनले फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेको थियो ।

महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दुम्कौलीमा करिब ८० बिघा क्षेत्रफलमा फैलिएको उद्योगी विनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क छ । त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका हुन् । –नागरिक दैनिकबाट