काठमाडौं, वैशाख ५ । औषधिको मात्राका बारेमा आधिकारिक सिफारिस गर्ने फर्मासिस्टको अभाव हुँदा औषधि प्रयोगमा जोखिम बढ्न पुगेको छ ।
देशभर हाल २८ हजार औषधि पसल छ तर फर्मासिस्टको संख्या भने मुस्किलले ७ हजारमात्रै छ । जुन आवश्यक संख्याभन्दा चार गुणा कम हो ।
चिकित्सकका अनुसार औषधि व्यक्तिको जीवनमरणसँग जोडिएको वस्तु हो । जसको गलत प्रयोगले बिरामीको अकालमा मृत्यु हुन सक्छ भने सही सदुपयोगले बिरामीको ज्यान बच्न सक्छ ।
त्यही औषधिको प्रयोग कसरी गर्ने, कति मात्रामा प्रयोग गर्ने भन्ने स्पष्ट जानकारी दिने अधिकारप्राप्त फर्मासिस्टहरुको चरम अभाव देखिएको हो ।
सरकारी तथ्यांकअनुसार हाल देशभरमा २० हजार ८४३ फर्मासिस्ट र फार्मेसी सहायकको अभाव खड्किएको छ । –राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्