१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अध्यक्ष ओलीले भद्र सहमति पालना नगर्दा नयाँ गठबन्धन बन्यो : उपाध्यक्ष गौतम


0
Shares

पोखरा, साउन २९ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयन नभएसम्म कुनै पनि प्रावधान परिवर्तन गर्न नहुने बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले देशलाई टुक्र्याउन र विखण्डन गर्ने गरी प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने चेतावनी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको भद्र सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालना नगर्दा अहिलेको गठबन्धन बनेको उनको भनाइ थियो ।