
काठमाडौं, साउन ३१ । प्रमुख विपक्षी दल नेकपा एमालेले मुलुकलाई अस्थिरतामा धकेल्ने र निर्वाचन नगराउने षड्यन्त्र भइरहेको आरोप लगाएको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरुले सबैखाले षड्यन्त्रकाविरुद्धमा लाग्नुपर्ने धारणा राखेका हुन् ।
राष्ट्रिय अखन्डता र मुलुकको सार्वभौमतका लागि एमाले एकढिक्का भएर उभिनुपर्नेमा नेताहरुको जोड थियो ।
सोमबारको बैठकमा स्थायी समिति सदस्यहरु माधवकुमार नेपाल, युवराज ज्ञावली, भीम रावल, प्रदीप ज्ञावली र सुरेन्द्र पाण्डेले आ–आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, बैठकमा यसअघि पार्टीले नेतृत्व गरेको सरकार, पार्टीको नेतृत्वमा निर्माण भएको राजनीतिक समीकरण, वर्तमान सत्ता गठबन्धनलगायतका विषयमासमेत छलफल भएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्