३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अमेरिकामा टोर्नाडो, ८ जनाको मृत्यु


0
Shares

वासिंटन, वैशाख ३ । अमेरिकाको टेक्सस राज्यमा आएको टोर्नाडोमा परि ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

गुडिरहेको कारमाथि रुख ढल्दा पछाडिको सिटमा रहेका दुई बालबालिकाको मृत्यु भएको छ । कारको अघिल्लो सीटमा रहेका उनीहरुका बाबुआमा भने सुरक्षित छन् । आँधीबाट टेक्सस, मिसिसिपी र लुजियाना राज्य बढी प्रभावित भएका छन् ।

अमेरिकाका मौसमविद्हरुले हिजोमात्रै ओहायो, दक्षिण क्यारोलिना र भर्जिनियाका जनतालाई टोर्नाडो आउन सक्ने भन्दै सचेत रहन अपिल गरेका थिए । आँधीका कारण अमेरिकाका अधिकांश शहरहरुमा क्षति पुगेको छ । ५५ वटा घर भत्केका छन् भने हवाई तथा यातायात सेवा अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् ।

उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ । (एजेन्सी)