
काठमाडौं, भदौ ३ । गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल र काउकुती कम्पनीले शुक्रबार राजधानीमा हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गरेका छन् ।
कार्यक्रममा सिस्नुपानी नेपालका लक्ष्मण गाम्नागेलगायतका व्यङ्ग्य कविहरुले आफ्ना रचना वाचन गरेका थिए ।
अधिकांश कविताहरुमा सत्ताको छिनाझम्टी, बिग्रिएको शासनपद्धति र सामाजिक विकृतिलाई उजागर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्