२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


विश्वकै लामो र अग्लो स्थानको सिसाको पुल सर्वसाधारणका लागि खुला (फोटोफिचर)


0
Shares

काठमाडौं, भदौ ४ । चीनको हुनान प्रान्तस्थित झाङग्जीयजीमा विश्वकै सबैभन्दा लामो र अग्लो स्थानमा रहेको सिसाको पुल सर्वसाधारणका लागि खुला गरिएको छ ।

४ सय ३० मिटर लामो यो पुलले दुईओटा पहाडलाई जोडेको छ । पुलमा ९९ टुक्राका तीन तहमा पारदर्शी सिसाहरु जोडिएको छ ।

गत डिसेम्बरमा निर्माण पूरा भएको ६ मिटर चौडा सिसाको पुल जमिनबाट ३ सय मिटर उचाइमा रहेको ‘सिन्ह्वा’ समाचार एजेन्सीले जनाएको छ ।

यो पुलमा दैनिक ८ हजार व्यक्तिलाई हिँड्न दिइने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

इजरायली आर्किटेक्ट हैयम डोतानले यो पुलेको डिजाइन गरेको हुन् । चीनका अरु स्थानमा पनि पर्यटकमाझ सिसाको पुल निकै लोकप्रिय छ । (एजेन्सी)