
काठमाडौं, भदौ ५ । सभामुख ओनसरी घर्तीले यथाशिघ्र संविधान कार्यान्वयनका लागि व्यवस्थापिका संसद सक्रिय रहेको बताएकी छिन् ।
काठमाडौंमा गरिएको एक कार्यक्रममा सभामुख घर्तीले संविधानमा रहेको असमझदारीलाई जतिसक्दो छिटो टुङ्गाउन दलहरुलाई आग्रह गरिन् ।
समग्र मुलुकको कार्ययोजना पूरा गर्न जवाफदहिता, मुल्याङ्कन एवं अनुगमन प्रभावकारी नभएको गुनासो उनको छ ।
उनले समृद्ध नेपालको लक्ष्य पूरा गर्न अर्थतन्त्रको विकास अपरिहार्य रहेकाले तोकिएका लक्ष्य कार्यान्वयन गर्न जवाफदेही प्रणाली विकास गर्नुपर्ने बताइन् ।
कार्यक्रममा सहभागी विभिन्न दलका सांसदले मुलुकका अधिकांश विकास योजना विवादित रहेकाले अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनीहरुले स्थानीय तहमा १५ वर्षदेखि जनप्रतिनिधिविहीन हुँदा समग्र योजनाको कार्यान्वयन र मूल्याङ्कन हुननसकेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्