२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


भारतका विभिन्न राज्यमा भीषण बर्षा, २५ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ ६ । भारतका विभिन्न राज्यमा भीषण बर्षा पछिको बाढीका कारण कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशमा बाढीमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ । गंगा नदीमा आएको बाढीका कारण विहारमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

नदीहरुमा पानीको सतह खतराको सूचीभन्दा माथि पुगेपछि बाढीको त्रास थप बढेको छ । विभिन्न शहर जलमग्न भएका छन् ।

बाढीबाट मध्य प्रदेश, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल नराम्ररी प्रभावित भएका छन् ।

पूर्वी विहारमा बाढी प्रभावित १५ हजारभन्दा बढी जनतालाई ८० भन्दा बढी अस्थायी शिविरमा राखिएको छ ।

बाढी पीडितले राहत र उद्धारमा तदारुकता नदेखाएको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् । –एजेन्सी)