२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संविधान कार्यान्वयनको मर्म दलहरुले बुझ्न सकेनन् : सभामुख


0
Shares

काठमाडौं, भदौ ७ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनको मर्मलाई दलहरुले बुझ्न नसकेको आरोप लगाएकी छन् ।

अखिल क्रान्तिकारी पद्मकन्या बहुमुखी क्याम्पस इकाईले तीजको पूर्वसन्ध्यामा मंगलबार आयोजना गरेको कार्यक्रममा सभामुख घर्तीले जनताका अधिकार स्थापित गर्न संविधान कार्यान्वयनको विकल्प नभएको बताइन् ।

उनले संविधानले महिला अधिकारलाई व्यवस्थित गरेको भए पनि व्यवहारिक कार्यान्वयन नभएकाले आफ्नो अधिकारका लागि बैचारिकका साथै भौतिक संघर्षमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरिन् ।

पैतृक सम्पत्तिमा महिलाको समान हकका लागि पनि विद्यार्थीले आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

तीजको शुभकामना आदानप्रदान गर्न गरिएको कार्यक्रममा सभामुख घर्तीलगायत विद्यार्थीहरुले नाचगानसमेत गरेका थिए ।